प्रधानमन्त्री कप महिला टि–२० क्रिकेटको उपाधि सुदूरपश्चिमले जित्यो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ माघ ७, शनिबार (१ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माघ ७, काठमाण्डौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेटको उपाधि सुदुरपश्चिम प्रदेशले जितेको छ । इटहरीमा भएको फाइनलमा प्रदेश एकलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको हो ।

प्रदेश एकले दिएको एक सय २ रनको लक्ष्य सुदूरपश्चिमले एक बल बाँकी छँदै ४ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमको लागि सम्झना खड्काले नटआउट २७ र कविता जोशीले १९ रन बनाए । यस्तै, डोली भट्टले २२ र कविता कुँवरले १२ रन बनाईन् ।

ताजा अपडेट

खोजी गर्नुहोस